पोखराको हर्पन खोलामा डुबेका बालकको शव भेटियो

पोखरा महानगरपालिका–१८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी १४/१५ वर्षका सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।

सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए । दिउसो साढे १ बजे खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट परिचालन भएको गोताखोरको टोलीले उनको शव निकालेको हो ।

थप प्रक्रियाका लागि उक्त शव नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार