जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा

जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गरेकी छन् । नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आइपुगेकी उनी अपराह्न वसन्तपुरमा पुगेकी हुन् ।

उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार