कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

सभामुख घिमिरेले सुनसरीको वराहक्षेत्रस्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्रवर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई आइतबार सम्बोधन गर्दै उनले मेलामा लाखौ धार्मिक पर्यटक आएको विश्वास व्यक्त गरे ।

नेपाल तथा नेपालीको पहिचानलाई मेलाले उचाइमा पु-याएको चर्चा गर्दै उनले पर्यटन विकासमा योगदान पुगेको चर्चा गरे । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि प्रचार–प्रसार अभावमा ओझेल परेका बेला अर्धकुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योगदान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताए ।

जगदगुरु अनन्तश्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्यले सभामुखलाई कुम्भ मेलाका लागि सरकारी तवरबाटै बजेट छुट्याउने व्यवस्थाका लागि आग्रह गरे ।

कुम्भको नाममा अक्षयकोष स्थापना गरी अर्को ६ वर्षपछि हुने अर्धकुम्भमा बजेटको अभाव हुन दिन वतावरण मिलाइदिन पनि उनले आग्रह गरे । आफूहरुको पहलमा भएको महाकुम्भ मेलामा धार्मिक, पर्यटनका कुरा मात्र नभई एक अर्बभन्दा बढीको आर्थिक कारोबार समेत भएको जानकारी गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार