बझाङमा एमाले उम्मेदवार २५ मतले अगाडि

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा झिनो मतले अगाडि रहेका छन् ।

२६,७८५ सदर मतमध्ये भण्डारीले १०,१४९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार उभिषेकबहादुर सिंहले १०,१२४ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा माओवादीका जनकबहादुर बुढा छन् । उनले ३६९५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवारले २४२७ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार