एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक डिजिटल हुने

नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक डिजिटल हुने भएको छ । शनिबादेखि पहिलो पटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा डिजिटल माध्यमको प्रयोग गर्न लागेको हो ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा दस्ताबेजहरू मोबाइल एपमार्फत राखिने बताए ।

बैठकमा ६ वटा दस्तावेजमाथि छलफल हुनेछ । राजनीतिक, सांगठनिक र चार वटा केन्द्रीय निकायका दस्तावेजमाथि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।

परिषद् बैठकको प्रतिनिधि व्यवस्थापन, समूह छलफल र दस्तावेजमाथि ओपिनियन पोलसमेत राखिने एमालेले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार