ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब ३० करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ ।

यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ५ करोड रुपैयाँले घटेको छ । गत वर्ष बैंकले कमाएको यस्तो नाफा ४ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यो बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा कमाएको यस्तो नाफा २४.१३ प्रतिशतले घटेको छ ।

बैंकको सञ्चालन नाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस्तो सञ्चालन नाफा गत वर्षको त्रेस्रो त्रैमाससम्ममा ६ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । चालु आवको चैतसम्ममा बैंकले गरेको ब्याज आम्दानी १३ अर्ब २ करोड रुपैयाँ छ । बैंकको ब्याज आम्दानी गत वर्ष ११ अर्ब ७९ करोड रुपैयाँ रुपैयाँ रहेको थियो ।

ग्लोबल आइएमईको यस्तो आम्दानी गत आवको चैतसम्मको तुलनामा यो आवको सोही अवधिसम्ममा १ अर्ब २३ करोड रुपैयाँले बढेको छ । यो अवधिमा बैंकको नेट फि एण्ड कमिसन पनि १ अर्ब ४५ करोड रुपैयाँबाट बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

यो बैंकले चालु आवको ९ महिनासम्ममा ग्राहकबाट ४ खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ संकलन गरेको छ । यस्तो निक्षेपबाट बैंकले ३ खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ५८ अर्ब १३ करोड रुपैयाँ छ ।

यो बैंकको खराब कर्जा अनुपात ४.७४ प्रतिशत पुगेको छ । यस्तो खराब कर्जा अनुपात गत वर्षको त्रेस्रो त्रैमासमा भने ३.९६ प्रतिशत मात्रै थियो । यो बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार