खाम पक्षबाट सुरक्षा थ्रेट भएको भन्दै रमिलाले भेटिन् गृहमन्त्री

स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमति रमिलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति दिन माग गरेकी छन् ।

रामहरि श्रेष्ठको हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको भन्दै उनले सुरक्षा माग गरेकी हुन् । जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिए ।

हत्याको १६ वर्षपछि आरोपी, जनमुक्ति सेनाका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका थिए । खाम जेल चलान भएपछि उनी पक्षबाट आफूमाथि सुरक्षा थ्रेट भएको रमिलाको दाबी छ ।

छोरालाई लिएर गृहमन्त्रालय पुगेकी श्रेष्ठले लामो समयपछि भएपनि आरोपित पक्राउ गरेकोमा मन्त्री लामिछानेलाई धन्यवाद समेत दिएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार