मनकामना दर्शन नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित

नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा. लि. आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवसको अवसरमा मनकामना दर्शन सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा मनकामनाले सम्मान प्राप्त गरेको थियो । कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सेवा सञ्चालन गरिरहेको छ ।

मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न यो कम्पनीले योगदान पुर्‍याइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार