धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना ‘सर्ट लिस्ट’मा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १९ जनामध्ये ५ जना संक्षिप्त सूची ‘सर्ट लिस्ट’मा परेका छन् ।

बोर्डका हालका कार्यवाहक अध्यक्ष डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, साबिकको बीमा समिति (हाल बीमा प्राधिकरण) का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठ छनोटमा परेका हुन् ।

संक्षिप्त सूचीबाट तीन जनाको नाम अर्थमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा सिफारिस हुनेछ ।

रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ । भीष्म ढुंगाना इन्साइडर ट्रेडिङमा संलग्न भएको खुलासा भएपछि २०७८ असोज १९ मा सरकारले बर्खास्त गरेको थियो ।

उनको बाँकी कार्यकालका लागि हमाल २०७८ फागुन ५ मा अध्यक्षका रूपमा प्रवेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार