नेपाल आँखा अस्पताल ५० वर्षमा : एक लाखको शल्यक्रिया

नेपाल आँखा अस्पतालमा आँखाको उपचार गराउनेको बिरामीको संख्या बढ्दै गएको छ ।

अस्पतालको ५० औँ वार्षिकोत्वको अवसरमा पत्रकार सम्मेलन गर्दै अस्पताललका बोर्ड सचिव युद्धध्वज सापकोटाले चार वर्षदेखि आँखाको उपचार गराउनेको संख्या बढ्दै गएको जानकारी दिए ।

उनका अनुसार अस्पतालले ५० वर्षमा ३४ लाख ३८ हजार पाँच सय ७२ जनाको आँखाको उपचार गर्नुका साथै एक लाख ३७ हजार १७४ जनाको आँखाका विभिन्न समस्याको शल्यक्रिया गरेको छ । अस्पताल २०३० चैत २६ गते स्थापना भएको हो ।

अस्पतालमा चार सयदेखि सात सय जनाले बहिरंग सेवा लिर्दै आएका छन् । गत आर्थिक वर्षमा अस्पतालमा एक लाख ५४ हजार बिरामीले सेवा लिएका थिएका मध्ये ११ हजार बिरामीको आँखाको शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ मङ्सिरसम्म एक लाख एक हजार ७३४ जना बहिरंग,दुई हजार ७३५ जनाले इमर्जेन्सी सेवा लिएका छन् । त्यस्तै १६ वर्ष मुनिका बालबालिकालाई १५ हजार ४० जनाले आँखा उपचार गराएको तथ्यांक रहेको छ । आठ महिनामा तीन हजार ५९८ जनाको शल्यक्रिया गरिएको छ। आँखा शिविरबाट ७२१ जनाले सेवा लिएका छन् ।

सरकारी अस्पतालमा १४ हजार ९९४ जना विद्यार्थीको दृष्टि परीक्षण गरी एक हजार १० जनालाई निः शुल्क चश्मा वितरण गरेको सापकोटाले जानकारी दिए ।

अस्पतालका बोर्डका अध्यक्ष डा।गोपालप्रसाद पोखरेलले अस्पतालले गत वर्षदेखि कम तौल र समय अगावै जमेका बच्चामा हुने दृष्टि पर्दाको रोगको उपचार सुरु गरेको जानकारी दिए । हालसम्म अस्पतालले चार सय बच्चाको आँखा जाँच गरिएका मध्ये ३५ जनाको उपचार र एक जनाको शल्यक्रिया गरेको छ ।

अस्पताल रहेको काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ लाई मोतिबिन्दुमुक्त बनाउन अभियान चालिएको डा. पोखरेलले जानकारी दिए ।

यस अभियानमा अहिलेसम्म एक हजार भन्दा बढीको उपचार भइसकेको र ३४ जनाको शल्यक्रिया भएको पनि अध्यक्ष पोखरेलले जानकारी दिए । यदि अभियान सफल भएमा महानगरका अन्य वडामा पनि सेवा विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

साथै दुई बजेपछि बहिरंग विभागमा आउने बिरामीलाई मध्यनजर गर्दै अस्पतालले वैशाख १ गतेबाट २ बजेदेखि ५ बजेसम्म निजी क्लिनिक सञ्चालन गर्ने भएको छ ।

डा। पोखरेलका अनुसार आगमी चार वर्षमा बिरामीको वृद्धिदरलाई मधयनजर गर्दै थप भौतिक पूर्वाधार र जनशक्ति थप गर्ने योजना रहेको जिकिर गरे ।

डा. पोखरेलका अनुसार अस्पतालमा पाँच वटा शल्यक्रिया कक्ष सञ्चालनमा रहेका छन् थप एक शल्यक्रिया कक्ष्य विस्तार गर्ने योजना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार