सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटपाट भएको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगदसहित दुई थान ग्लोबल आईएमई बैंकको र तीन वटा, राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइलसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका-१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले टुलेरामध्ये मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भइरहको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार