रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको समिति अध्यक्षमा चौधरी नियुक्त

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई अध्यक्ष र सिरहाका वीरेन्द्रप्रसाद यादवलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापाका डा। ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको छ । श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको हो । अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्नेसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार