पोखरामा यसरी भयो बस दुर्घटना, तस्वीर भाइरल

पोखरामा शनिबार बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनापछि बस पल्टिएर ठडिएको छ। घटनामा घाइते दुई जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बसमा चालक र सहचालक मात्र थिए। बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार