वीरेन्द्रनगरमा एक महिलाको शव भेटियो

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव भेटिएको छ। वीरेन्द्रनगर नगरपालिका(१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दूरीमा सुख्खा खोलामा उक्त शव भेटिएको हो। उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।

ती महिलाको शव सडिसकेको अवस्थामा भेटिएको बांगेसिमल प्रहरीले जनाएको छ। स्थानीय महिलाहरूले घाँस काट्न गएको बेला शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए।

लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाह भएको घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार