दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

काठमाडौंमा आज सम्पन्न हाफ म्याराथनमा गतवर्ष विजेता समेत रहेका दीपक अधिकारीले १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जिते । महिलातर्फको उपाधि वाग्मतीकी सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।

उपाधी विजेता अधिकारी र श्रेष्ठले नगद १/१ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

अधिकारीले नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारेका थिए । पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारे । महिलातर्फ नेपाल पुलिसकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गरिन् ।

प्रतियोगिताको १० किलोमिटर पुरुषतर्फ खुला दौडमा सेनाका मुकेश पालले प्रथम हुँदै स्वर्ण जिते भने नगत ५० हजार पनि हात पारे । पाँच किलोमिटर खुला महिलातर्फ सेनाकै सिर्जना पाण्डे प्रथम हुँदै स्वर्णसहित ३० हजार प्राप्त गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार