लालिगाको शीर्षस्थानमा रियल मड्रिडको अग्रता

स्पानिस लालिगा फुटबलमा रियल मड्रिडले ओसासुनालाई पराजित गरेको छ। गएराति भएको खेलमा रियलले ओसासुनालाई उसकै घरमा ४-२ गोलले पराजित गरेको हो। रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे। ‍

उनले चौथो मिनेटमै गोल गरेर रियललाई अग्रता दिलाएका थिए। सातौं मिनेटमै ओसासुनाका एन्टे बुदिमीरले गोल फर्काएका थिए। त्यसपछि १८ औं मिनेटमा रियलका ड्यानी कार्भाजलले गोल गरी टिमलाई २(१ को अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६१ औं मिनेटमा ब्राहिम डियाजले गोल गरे भने ६४ औं मिनेटमा पुनः भिनिसियसले गोल गरे। अन्तिम समयमा ओसासुनाका इकर मुनजले गोल गरेपनि ओसासुनाले हार टार्न सकेन।

जितसँगै रियलले शीर्षस्थानमा आफूलाई थप बलियो बनाएको छ। ऊसले २९ खेल खेलेर ७२ अंक जोडेको छ भने दोस्रो स्थानको गिरोनासँग १० अंकको दूरी बनाएको छ। एक खेल कम खेलेको बार्सिलोना ६१ अंकसहित तेस्रो स्थानमा छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार