बार्सिलोना चार वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नापोलीविरुद्ध दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना चार वर्षपछि यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गरेको बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै अन्तिम–८ मा स्थान बनाएको हो ।

बार्सिलोना चार वर्षपछि क्वार्टरफाइलनमा प्रवेश गरेको हो । यसअघि बार्सिलोनाले पछिल्लो पटक सन् २०२० को सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रतिस्पर्धा गरेको थियो ।

घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन फेर्मिन लोपेज, जाओ कान्सेलो र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । नापोलीका अमिर रहमानीले एक गोल फर्काएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार