पिएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि-२० सिरिजको फाइनलमा

काठमाडौं – नेपालले पिएनजीमाथि ८६ रनको जित निकालेको छ। हङकङको मोङ कोक मैदानमा नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो। यो जितसँगै नेपाल त्रिकोणात्मक टि-२० सिरिजको फाइनल प्रवेश गरेको छ ।

सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए। जितसँगै तीन अंक बनाउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्य पछ्याएको पिएनजीलाई नेपालले १६ ओभर १ बलमा ११३ रनमै समेटेको हो।

नेपालको जितका लागि कुशल भुर्तेलले मात्र १२ रन दिएर चार ओभरमा ४ विकेट लिए। प्रतिश जिसीले २ विकेट लिए। गुल्सन झा र आकाश चन्दले एकएक विकेट लिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार