नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ ।

हङकङको टिन कोङ रिक्रियशनमा पाचौं ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको छ । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

पाचौं ओभर चलिरहँदा हङकङले १ विकेट गुमाएर ४३ रन बनाएको छ ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी बिना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार