म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

साविक विजेता म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान इतिहाद रंगशालामा सिटीले लेगको दोस्रो खेलमा एफसी कोपनहेगनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको छ ।

पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को नतिजा निकालेको हो ।

लिगमा सबै गोल पहिलो हाफमा भएका थिए । खेलको पाँचौँ मिनेटमा नै म्यानुएल अकान्जीको गोलमा सिटीले अग्रत बनायो । खेलको नवौँ मिनेटमा जुनियर अल्भारेजले सिटीका लागि अर्को गोल थपे ।

खेलको २९ औँ मिनेटमा मोहमद एल्युनुसीको गोलमा कोपेनहेगनले गोल फर्काएको थियो ।

तर पहिलो हाफको इन्ज्युरी समयमा एर्लिङ हालान्डको गोलमा सिटीले पहिलो हाफमा नै ३–१ को अग्रता बनायो ।

सिटी च्याम्पियन्स लिगमा घरेलु मैदानमा पछिल्ला ३० खेल यता अपराजित छ । यो सँगै लिगमा लगातार १० खेलमा जित निकाल्ने सिटी पहिलो इंग्लिस टोली हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार