उत्तर प्रदेशका योगी आदित्यनाथ भारतकै सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

काठमाडौं- एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका योगी आदित्यनाथ सबैभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । मेटराइजले जी न्युजको लागि गरेको सर्वेमा यस्तो पाइएको हो ।

गत फेब्रुअरीमा भएको सर्वेक्षणमा उनलाई ४६.३ प्रतिशत मतदाताले सबैभन्दा उत्कृष्ट मुख्यमन्त्रीको संज्ञा दिएका थिए । उक्त सर्वेमा ४४ प्रतिशत मानिसले उनको लोकप्रियता कानुनी व्यवस्थाको कारण, ५ प्रतिशतले राष्ट्रवाद, २८ प्रतिशतले छवि व्यक्तित्व राम्रो भएको कारण र २ प्रतिशतले अन्य कारण बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार