स्पेनिस ला लिगा : सेल्टा भिगोमाथि रियल सोसिडाडको जित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले जित निकालेको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियलका लागि ब्राइस मेन्डेजले एक गोल गरेका थिए । उनले खेलको ११औँ मिनेटमा गरेको उक्त गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल सोसिडाड २१ खेलबाट ३५ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ । पराजित भएको सेल्टा भिगो १७ अंकसहित १६औँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार