प्रधानमन्त्री कप : मधेसले कर्णालीलाई ६१ रनले हरायो

प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगितामा मधेस प्रदेशले कर्णालीलाई पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै मधेसले ९ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमै अलआउट हुँदा १७० रन मात्र बनाउन सक्यो ।

मधेसका लागि हरिशंकर शाह र मयन यादवले अर्धशतकीय पारी खेलेका थिए । अनिलकुमार साहले ४४ रन बनाए ।

कर्णालीका लागि भने अर्जुन घर्तीले ५८ रन बनाए भने दिनेश अधिकारीले ३३ रन । मधेसलाई फराकिलो जित दिलाउन राजेश यादवले ३ विकेट लिए भने प्रदीप पासवानले २ विकेट लिए ।

जितसँगै मधेश अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । सुदूरपश्चिम शीर्ष र बागमती दोस्रो स्थानमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार