थाइल्यान्डमा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु

मध्ये थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ ।

विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो । विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।

के कारणले विस्फोट भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेछन् । कारखाना वैध लाइसेन्सका साथ कानूनीरूपमा सञ्चालन भइरहेको थियो । विस्फोटबाट छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन ।

सरकारी अधिकारीहरुले घटनाबारे स्विट्जरल्यान्डमा रहेकी प्रधानमन्त्री श्रेथा थविसिनलाई जानकारी गराएका छन् । कारखानामा प्रतिदिन औसत २० देखि ३० जनाले काम गर्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार