गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिइन् ।

डा. चन्द्रमणि अधिकारीको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकिएपछि गत पुस ११ गते उनलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । उनै मल्ललाई सरकारले कार्यकारी निर्देशक बनाएको हो ।

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा पत्नी आरजु देउवानिकट उनले अन्य आकांक्षीलाई पछि पारेका हुन् ।

यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेश चन्द्र न्‍यौपानेलाई मनोनयन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार