पीचमै ढलेका भारतका ब्याट्सम्यानको मृत्यु

भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका एक ३४ वर्षीय ब्याट्सम्यानको मृत्यु भएको छ ।

उनको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएको जनाइएको छ । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ३४ वर्षीय विकास नेगी रहेका छन् । उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए । नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो ।

उमेश कुमार र विकास पीचमा थिए । १४औँ ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास ननस्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए । उमेश कहाँ पुग्नुअघि नै विकास पीचमा ढलेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार