अफगानिस्तान र यूएईबीच आज तेस्रो टी–२० खेल हुँदै

अफगानिस्तान र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे यूएईको शारजाहमा शुरु हुनेछ ।

तीन खेलको शृङ्खलामा एक/एकको बराबरी भएकाे छ । पहिलो खेलमा अफगानिस्तानले यूएईलाई ७२ रनले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तान ११ रनले पराजित भएको थियो ।

आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार