भारतलाई हराउँदै अस्ट्रेलियाले जित्याे एकदिवसीय सिरिज

अष्ट्रेलिया महिला क्रिकेट टोलीले दोस्रो खेलमा भारतलाई ३ रनले पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा दिएको २५९ रनको लक्ष्य पछ्याउँदै भारतीय टोली एकपटक लक्ष्यको नजिक पुगेको भएपनि ४९औं ओभरमा तीन रन बनाउन नसक्दा जितको बाटो कठिन भएको थियो ।

भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन जोड्नु परेको थियो तर टोलीले १२ रन मात्र बनाउन सक्यो । 

भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋचा घोषले सर्वाधिक ९६ रन बनाइन् । जेमिमाह रोड्रिग्जले ४४ रन र स्मृति मन्धानाले ३४ रनको योगदान दिएकी थिइन् ।

अष्ट्रेलियाका पाँच खेलाडीलाई आउट गर्ने दीप्ती शर्माले पनि ब्याटिङमा राम्रो योगदान दिँदै २४ रन बनाएकी थिइन् । 

तीन भारतीय ब्याट्सम्यानलाई आउट गर्ने र २३ रन जोड्ने अष्ट्रेलियाकी एनाबेल सदरल्याण्डलाई म्यान अफ द म्याचको उपाधि दिइयो।

पहिलो एकदिवसीयमा भारतीय टोली ६ विकेटले पराजित भएको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार अर्थात जनवरी २ मा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार