वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित

वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा युनाइटेड वेस्ट ह्यामसँग २-० गोलले पराजित भएको हो ।

वेस्ट ह्यामले युनाइटेडविरूद्ध दुवै गोल हाफ टाइमपछि गरेको हो । ७२ औं मिनेटमा आर्सनलका जेरोड बोएन र ७८ औं मिनेटमा मोहम्मद कुडुजले गोल गरे ।

जितसँगै वेस्ट ह्याम अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । उसले १८ खेलमा ९ जित, बराबरी र ६ हार ब्यहोर्दै ३० अंक जोडेको छ ।

पराजित भएको म्यानचेस्टर युनाइटेड आठौं स्थानमा छ । उसले १८ खेलमा ९ जित, २ हार र ७ खेल बराबरी गर्दै २८ अंक बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार