इंग्ल्याण्डका आदिल राशिद टी–२० वरियताकाे पहिलो स्थानमा

एजेन्सि । इङ्ल्यान्ड क्रिकेट टोलीका स्पिनर आदिल राशिद आइसीसी टी–२० खेलाडीको वरीयतामा पहिलो स्थानमा उक्लिएका छन् । वेस्ट इन्डिज र इंग्ल्याण्डबीच जारी पाँच खेलको टी–२० सिरिजमा दुवै टोलीले २–२ खेल जितेका छन् । एक खेल खेल्न बाँकी छ । यस सिरिजमा राशिदको प्रदर्शन निकै राम्रो रहेको छ ।

रसिदले गत साता भएका तीन खेलमा पाँच विकेट लिएका छन् । यो प्रदर्शनसँगै उनी अफगानिस्तानका राशिद खान र भारतका रवि बिश्नोईलाई पछि पार्दै करियरमा पहिलो पटक बलरको सूचीमा पहिलो स्थानमा पुगेका छन् । राशिद पछिल्लो पटक सेप्टेम्बर २०२३ मा दोस्रो स्थानमा थिए।

दक्षिण अफ्रिकाका बायाँ हाते नाडी स्पिनर तबरेज शम्सी र भारतका कुलदीप यादवको वरियतामा पनि सुधार भएको छ । शम्सी शीर्ष १० खेलाडीमा परेका छन् । योसँगै कुलदीप यादवले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम खेलमा पाँच विकेट लिएर १३ स्थान माथि २४औँ स्थानमा पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार