लिभरपुल र म्यानचेस्टर युनाइटेडको गोलरहित बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा दुवै टोलीलाई थुप्रै अवसर प्राप्त भए पनि गोल गर्न सकेनन् । म्यानचेस्टरसँग गोल निकाल्न नसक्दा लिभरपुलले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

यो बराबरी पछि लिभरपुल १७ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि समान ३८ अंक नै छ । पहिलो स्थानमा रहेको आर्सनलको ३९ अंक छ । म्यानचेस्टर युनाइटेड भने २८ अंकसहित सातौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार