यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र विक्रिरद १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५२ पैसा र विक्रिदर १४४ रुपैयाँ १६ पैसा रहेको छ । अष्ट्रेलियन एक डलरको खरिददर ८७ रुपैयाँ २५ पैसा र विक्रिदर ८७ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार