चार औषधिको उत्पादन तत्काल रोक्न विभागको निर्देशन

औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो ।

औषधि मूल्यांकन समितिको अध्ययन र रायका आधारमा यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

ती औषधिमा सम्मिश्रणको मात्रा मापदण्डअनुसार नभएको पाइएकाले तत्काल उत्पादन नगर्न भनिएको विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले बताए ।

रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’ समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार