खर काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

जाजरकोटको नलगाड नगरपालिकामा आवास निर्माणका लागि खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।

भूकम्पले चर्काएको घरमा बस्न डर भएपछि नयाँ आवास निर्माणका लागि खर काट्न गएकी नलगाड नगरपालिका-१० रक्ताकी ३३ वर्षीया रमिता थापाको लडेर ज्यान गएको हो।

उनी जन एकता प्राथमिक विद्यालयको कार्यालय सहयोगी रहेकी थिइन्। मृतक थापाका १४ वर्षीया छोरी र ९ वर्षीया छोरा छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार