कतारले पूर्व नौसेनाहरूलाई दिइएको मृत्युदण्डको सजायविरुद्ध भारतको अपील स्वीकार

 कतारको एक अदालतले आठ अवकाशप्राप्त भारतीय नौसेना अधिकृतलाई मृत्युदण्डको सजायको विरुद्धमा भारतको अपील स्वीकार गरेको छ।

न्यूज च्यानल एनडीटीभी र व्यापारिक पत्रिका मिन्टलाई उद्धृत गर्दै यो खबर बाहिर आएको हो । गत महिना यी अधिकारीहरूलाई मृत्युदण्ड दिइएको थियो।

यी आठ जना भारतीय नौसेनाका सेवानिवृत्त अधिकारी हुन् र गत वर्ष अगस्टदेखि कतारको जेलमा छन् । कतारले भने उनीमाथि लागेको आरोप सार्वजनिक गरेको छैन ।

अक्टोबरमा भारतले कतारको निर्णयमा यस मामिलामा सबै कानुनी विकल्प खोजीरहेको बताएको थियो।

विज्ञप्तिमा भनिएको छ, “उनीहरूलाई मृत्युदण्ड दिने निर्णयले हामी स्तब्ध छौं। हामी ती व्यक्तिका परिवार र कानुनी टोलीसँग सम्पर्कमा छौं। हामी यो विषयलाई उच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो विषय कतारी अधिकारीहरूसँग उठाउनेछौं।” -बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार