कालिकोटमा जिप दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रास्कोटकै वडा नं २ सेराचौर बजारबाट जितेका लागि छुटेको कर्णाली प्रदेश क १ ज २३ नम्बरको जिप वडा नं ७ को रोटेकालापानी खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहका अनुसार रास्कोट नगरपालिका-३ का ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । दुर्घटना परी घाइते हुनेहरुमा रास्कोट नगरपालिका वडा नं १ का ध्वज बहादुर शाही, उनको श्रीमती मैना शाही, वडा नं ३ का चक्र योगी वडा नं २ कविराज न्यौपाने रहेका छन । घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य रहेको जिप्रका प्रमुख शाहले बताए ।

गाडी स्टार्ट भएकै अवस्थामा रोकेर चालक बाहिर निस्केका कारण आफै गाडी गुडेर दुर्घटना भएको घाइतेहरुले बताएका छन् । गाडी सडकको भित्तामा ठोक्किएर पल्टिएको थियो । यदि सडक भन्दा तल भीरमा गाडी झरेको भए कुनै पनि यात्रु जिवित नहुने उद्दारमा सहभागी वडा नं ६ का वडा अध्यक्ष टक्कबहादुर फर्सालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार