फिल्म निर्देशक शिशिर राणा बैंकिङ कसूरको मुद्दामा पक्राउ

फिल्म निर्देशक शिशिर शमशेर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।

ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार राणालाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो ।

२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार