भाइटीकामा प्रयोग हुने बिमिरोको औषधिय गुण, माइग्रेनदेखि उच्च रक्तचापसम्मको उपचार

तिहारको माहोल छ । जताततै झिलिझिली देखिएको छ । यमपञ्चक भन्नाले भातृत्व र भगिनित्वको पर्व पनि हो । तिहारमा लगाइने भाइटीकाको विशिष्ट सांस्कृतिक, सामाजिक महत्व छ । यसले दाजुभाई र दिदीबहिनीमा रहेको गहिरो प्रेमलाई जीवन्त बनाउने गरेको छ । भाइटीकामा लगाउँदा नभई नहुने फल हो बिमिरो । हिजोआज बिमिरोको अभावमा कतिपयले भोगटे, निबुवाको पनि प्रयोग गर्ने गरिएको छ । यद्यपी परम्परागत रुपमा भने भाइटीकाको समयमा बिमिरोकै प्रयोग गर्ने गरिएको छ ।
बि

मिरो, ओखर लगायत केही फलहरुलाई किन तिहारमा प्रयोग गरियो होला ? पक्कैपनि यसको केही महत्व छ । यहाँ हामी बिमिरोको औषधीय गुणका बारेमा चर्चा गर्न गइरहेका छौं । सांस्कृतिक र धार्मिक रुपमा जे भएपनि बिमिरो औषधिका रुपमा अति लाभदायक छ । आयुर्वेद सम्बन्धी जर्नलहरुमा प्रकाशित भए अनुसार बिमिरोको निम्त महत्व र लाभ रहेको छ ।

१. माइग्रेनका लागि रामवाण पछिल्लो समय मश्तिष्कको दुखाई सम्बन्धी रोग माइग्रेनबाट धेरै पीडित रहेका छन् । बिमिरोको जुस माइग्रेनका लागि रामवाण बराबरको भएको आयुर्वेद सम्बन्धी जर्नल आयुषोलोजीमा उल्लेख गरिएको छ । माइग्रेन भएका मान्छेले लगातार दैनिक बिमिरोको रस एक गिलास पानीसँग पिएमा माइग्रेनको दुखाई पूर्णरुपमा निको हुन्छ । साथै बिमिरोको जुसले मन र मश्तिष्कलाई पनि शीतल बनाउँछ ।

२. एसिड न्यूनीकरण गर्छ बिमिरोको जुस नियमित सेवन गरेमा घाँटी तथा पेटमा रहेको अम्लियपनालाई कम गर्छ । जसले गर्दा ग्याष्ट्रिकका बिरामी तथा पेटका बिरामीलाई फाइदा गर्छ ।

३. चिसो निवारण गर्छ तिहारसँगै नेपालमा जाडो बढ्छ । चिसो कम गर्नपनि बिमिरो लाभदायक मानिन्छ । भिटामिन सी प्रशस्त पाइने बिमिरोको जुसलाई तातो पानी वा चियामा मिसाएर खाँदा श्वासप्रश्वासको प्रकृया सजिलो हुन्छ भने श्वासनलीमा रहेको बिकारपनि नष्ट हुन्छ । साथै यसले चिसोले निम्त्याउने समस्याहरुलाई पनि न्यूनीकरण गरिदिन्छ ।

४. क्यान्सरको जोखिम घटाउँछ बिमिरोमा पाइने भिटामिन सी लगायत एन्टीअक्सिडेन्टले शरीरमा विकास हुनसक्ने ट्यूमरहरुलाई नष्ट गरिदिन्छ । जसले गर्दा क्यान्सरको दीर्घकालिन खतरालाई यसले कम गर्छ ।

५. दाँत र गिजा स्वस्थ राख्छ बिमिरोमा प्रशस्त रुपमा रहेको भिटामिन सीले गर्दा यसको जुस प्रयोग गर्नेहरुको दाँत र गिजालाई स्वस्थ हुन्छ । दाँत र गिजासम्बन्धी समस्या भएकाहरुले बिहानै खालीपेटमा तातोपानीमा केही मात्रा बिमिरोको जुस मिसाएर खुल्ला गरेर निल्नाले दाँत दुख्ने, गिजा दुख्ने, रगत आउने जस्ता समस्या कम हुन्छ ।

६. तौल घटाउन सहायक बिमिरोको जुस मिसाएर दैनिक खालीपेटमा तातोपानी सेवन गरेमा यसले तौल सन्तुलन गर्न पनि सहयोग गर्छ । बढि तौल भएकाहरुलाई तौल नियन्त्रणका लागि यो पनि एउटा विधि हुनसक्छ ।

७.मुटु स्वस्थ राख्छ बिमिरोमा भिटामिन सीका अलावा प्रशस्त मात्रामा पोटासियम पनि पाइन्छ । साथै, यसमा म्याग्नेसियम पनि पाइन्छ । यी दुबै मिनिरलका कारण मुटुको कोरोनरी नलीमा समस्या उत्पन्न हुन पाउँदैन । म्याग्नेसियमले मुुटुको मांशपेशीलाई बलियो बनाउँछ भने पोटासियमले उक्त रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

८.किराको टोकाईमा प्रभावकारी बिमिरोमा हुने अमिलो प्रकारको गन्धले लामखुट्टे, भुसुना लगायत किरा भाग्छन् । साथै, किराहरुले टोकेको ठाउँमा बिमिरोको रसले मालिस गर्दा पनि टोकाईले हुने हानी कम गर्न सहयोग पुग्छ ।

९. रुघाखोकी र बान्ता आउँदा लाभदायक बिमिरोमा भएको भिटामिन सीको उच्च मात्राका कारण रुघा कम गर्न सहयोग हुन्छ । साथै बान्ता भएका बेलामा पनि बिमिरोको जुस सहितको पानीले बान्ता रोक्छ । साथै बिमिरोले छाला सम्बन्धी विकारपनि कम गर्छ । कब्जियतले निम्तने पाइल्सपनि बिमिरोको सेवनले कम गर्छ ।

१०. रक्तचाप सन्तुलित गर्छ दक्षिण भारतमा भएको अध्ययन अनुसार बिमिरोको रस र तातोपानी हरेकदिन सेवन गर्नाले उच्च रक्तचाप निको हुँदै जान्छ । यसमा भएको पोटासियमले मुटुलाई थप शक्तिशाली बनाउँछ । साथै, यसले रक्तविकार कम गर्छ भने कलेजो सफf गर्नमा समेत लाभदायक हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार