नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै पौने ४ बजेदेखि बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । बैठकको एजेण्डामा पार्टी सदस्यता नवीकरणलगायतका विषय रहेका छन् । महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि २०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने सहभागिता रहेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार