प्रधानमन्त्री भूकम्प प्रभावित जिल्ला बझाङमा (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री बझाङ पुगेका हुन् । साथै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पनि भ्रमण टोलीमा छन् ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भिम भण्डारी, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार