प्रचलनमा आयो गभर्नर अधिकारीको हस्ताक्षर रहेको २० रुपैयाँको नयाँ नोट

नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ ।

राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा नयाँ नोट आजैबाट प्रचलन ल्याएको जानकारी दिएको हो ।

नयाँ नोटमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

यस्तै, नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप पनि रहेको राष्ट्र बैंकले जनाएको छ ।​

बैंकले जारी गरेको सूचनाअनुसार संकेत नम्बर ठ ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाइनेछ ।​

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार