सत्य घटनामा आधारित लघु चलचित्र ‘एडिक’ सार्वजनिक

समाजमा विकृतिको रुपमा रहेको लागुऔषधको कारणबाट उत्पन्न भएको विकृति र विसंगतिलाई आधार बनाएर निमार्ण भएको सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ” बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माणमा बनेको लघु चलचित्रमा आँखा चिम्लेर कसैलाई विश्वास र माया गर्दा जिन्दगी कसरी नारकिए बन्छ भन्ने सन्देश बोकेको निर्देशक शंकर अधिकारी घायलले बताए ।

सबिना केसि, करण साउद शिखा पौडेल ,पदम अधिकारीको अभिनयमा लघु चलचित्रलाई तयार गरिएको छ । चलचित्रमा दिवस गुरुङको छायांकन, अन्जली थापाको सम्पादन, कला राईको निर्माण रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार