प्रधानमन्त्री प्रचण्डलाई चीनमा ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार