फ्रान्सका स्कुले बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिबन्ध

फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरुमा अबाया लगाउने अनुमति नदिइने बताए ।

उनले यो लुगा लगाउने विवादास्पद मुद्दाबारे विद्यालय प्रशासकहरुका लागि लागि राष्ट्रियस्तरमा स्पष्ट नियम स्थापना गर्ने आफ्नो उद्देश्य रहेको बताए ।

केही समययता अबाया लगाउने घटनाका काराण मन्त्री विवादित बनेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार