खानलाई रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । ट्रायल कोर्टले सुनाएको तीन वर्षको जेल सजाय कार्यान्वयनमा लगाउँदै मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो ।

‘फैसलाको कपी छिट्टै उपलब्ध हुनेछ । अहिलेलाई यति भन्छु, यो (खानको) अपील स्वीकार गरिएको छ’ मुख्य न्यायाधीश फारुकले भने ।

पाकिस्तानी अनलाइन डनका अनुसार तर खान कहिले छुट्छन् भन्ने खुलेको छैन । खानको दल पीटीआईले भने उनलाई आजै रिहा गर्न माग गरेको छ ।

खान पत्नीले विदेशी नेताबाट पाएको उपहार बेचेर भएको आम्दानीबारे जानकारी नदिएको भन्दै निर्वाचन आयोग अदालत गएको थियो । यसमा दोषी ठहर भएसँगै उनलाई तीन वर्ष कैदसँगै ५ वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिएको थियो ।

आदेश लगतै उनलाई पक्राउ गरिएको उनलाई अटक जेलमा राखिएको छ । उक्त आदेशविरूद्ध इमरानले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

उच्च अदालतले इमरानलाई धरौटीमा रिहा गर्न पनि आदेश दिएको छ । तर अरू विभिन्न मुद्दा पनि चलिरहेका इमरान तत्काल जेलमुक्त हुन्छन् कि हुँदैनन् भन्ने एकिन छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार