सत्ता गठबन्धनले राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने

सत्ता गठबन्धनले संसदीय समितिका सभापति पदअन्तर्गत आफूले पाएका मध्ये एउटा सिट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिने भएको छ ।

आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई एउटा समितिको सभापति पद दिने निर्णय गरेका हुन् । यद्यपि कुन समिति दिने भन्ने खुलाइएको छैन ।

‘अहिलेसम्म संसदीय विशेष सुनवाइ समिति दिने भन्ने नै छ,’ बैठकस्थलमा रहेका एक सांसदले भने ।

मिनि पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ । १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन् । कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो । कांग्रेस–माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार