रास्वपाले श्रम तथा उपभोक्ता समितिमा पराजुलीलाई उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

उद्योग तथा वाणिज्य समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने तयारी गरेको एक नेताले जानकारी दिए । रास्वपाले तीन बजे उम्मेदवारी दर्ताको तयारी गरेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका तीन जना सांसद छन् । असीम साह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली त्यस समितिमा भएकाले उम्मेदवारी दिने तयारी गरेको हो । सभापति उम्मेदरवारी दिनको लागि कम्तीमा ३ जना सदस्य भएको हुनुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार