सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आइतबार हुँदैछ ।

अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ। उनको पेशी ५ नम्बरमा रहेको छ ।

यसअघि गत ३२ साउनमा उनको पछिल्लो पेशी रहेको थियो । राजुकुमार खतिवडाको इजलासले उनको मुद्दाको अन्तिम बहस भने सुरु गरेको थिएन । न्यायाधीश खतिवडाले आमाको मिति प्रमाणीकरण गर्न आदेश गरेका थिए ।

न्यायाधीश खतिवडाको आदेशअनुसार उनको मिति प्रमाणीकरण भएर अदालतमा आइसकेको छ । साथै अन्य आवश्यक कागजातहरूसमेत अदालत आइपुगेकाले आइतबारका लागि अन्तिम बहस तोकिएको हो ।

यसअघि पनि पटक-पटक अन्तिम सुनुवाइ सुरु हुन नसक्दा सन्दीपको मुद्दाले किनारा पाउन सकेको छैन । सर्वोच्चले मुद्दाको किनारा चाँडो लगाउन आदेश गरेको भए पनि काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइ गर्न नसक्दा धकेलिइ रहेको छ ।

यसैबीच एसिया कपका लागि सन्दीप आजको बहशपछि आजै राति या भोलि बिहानसम्ममा पाकिस्तान प्रस्थान गर्ने तयारी गरेका छन् ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले आजको बहसपछि उनी आजै राति या भो‍लि बिहानसम्ममा पाकिस्तान प्रस्थान गर्ने बताए ।

‘उनको टिकट पक्का भइसकेको छैन, सम्भवत: आजै राति या भोलि बिहानसम्ममा उनी पाकिस्तान प्रस्थान गर्ने छन्’, घिमिरेले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार