छिमेकीको निर्घात कुटपिटबाट ९ वर्षीय बालकको मृत्यु

रुकुमपश्चिममा कुखुरा चोरेको भन्दै छिमेकीको कुटपिटबाट एक बालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको शनिबार मृत्यु भएको हो ।

कुखुरा चोरेको आरोपमा स्थानीय रामबहादुर बुढाथोकीले शुक्रबार बालकलाई निर्घात कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर बिरामी भएका बालकलाई उपचारको लागि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो । अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।

बुढाथोकीलाई ‍पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार