भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका १०, देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले संरचना हटाउन डोजर चलाएको हो ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियोसदनमामा रहेका सटर खाली गरिसकिएको छ भने स्कुललाई अन्यत्र सार्ने तयारी गरिएको छ । समाजसेवी घलेले नै अनधिकृत संरचना हटाउन अनुमति दिएको नगर प्रहरीले जनाएको छ ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ । सार्वजनिक जग्गा संरक्षण अभियान थालेको महानगरले अनधिकृत संरचना भत्काउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार